काठमाडौं- फिल्म ‘वीरविक्रम-२’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा बुद्धि तामाङको कान दुई जना पल शाह र नाजिर हुेसेनले तानातान गरेको देख्न सकिन्छ। वर्षा शिवाकोटीले भने साह र हुसेन दुबैको कान तानेकी देखिएकी छन्।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरुलाई रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्।
चाम्स इम्टरटेनमेन्ट र लन्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारी, बुद्धि तामाङ, क्रिजन गौतमलगायतका कालाकारहरु अभिनय रहेको छ।
फिल्म रिलिजकाे मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मका मुख्य कलाकारुकाे समेटिएका विभिन्न ६ पाेस्टर सार्वजनिक गरकाे हाे।
प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको ‘वीरविक्रम-२’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बूको संगीत छ।
फिल्म वीरविक्रम आगामी जेठबाट प्रदर्शनमा आउँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।