काठमाडौं– अन्तर्राष्ट्रिय ह्वीलचेयर बास्केटबलको पुरुष र महिला दुवै स्पर्धामा नेपाल च्याम्पियन बनेको छ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई ५९–३८ ले पराजित गर्यो । तीन राष्ट्र सहभागी पुरुषको राउन्ड रोविन लिगमा नेपाल विजेता र भारत उपविजेता बन्दै फाइनलमा पुगेका थिए । अर्को सहभागी राष्ट्र बंगलादेशले राउन्ड रोविन लिगमा दुवै खेल गुमाएको थियो ।
उपाधिसंगै नेपालले ५० हजार नगद पुरस्कार पायो भने भारतले २५ हजार हात पार्य । बंगलादेशलाई १० हजार नगद प्रदान गरियो ।
यसअघि दुई राष्ट्र सहभागी महिलाको तीन खेलको श्रृंखलामा नेपालले एक खेल अगावै २–० को अग्रता बनाउदै उपाधि सुनिश्चित गरिसकेको थियो । शनिबार औपचारिकता पूरा गर्न खेलिएको अन्तिम खेलमा भने नेपाल चुक्यो । बंगलादेशले नेपाललाई ३०–२६ ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।