लन्डन– इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ। शनिबार भएको खेलमा आर्सलनले टोटनह्यामाथि २–० गोलको जित निकालेको हो ।
डिफेन्डर मुस्ताफीले ३६ मिनेटमा गोल गरेर आर्सनललाई अग्रता दिलाए। मेसुज ओजिलको क्रसमा मुस्ताफीले हेडमार्फत गोल गरेका थिए। ४१ मिनेटमा एलेक्सिल साञ्चेजले फ्रिकिकमार्फत आर्सनलको अग्रता दोब्बर पारे।
जितपछि १२ खेलबाट २२ अंक जोडेको आर्सनल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। टोटनह्याम २३ अंकसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।