जनकपुर– जिल्ला प्रशासन कार्यालय धनुषाले विद्यालय र अस्पताल क्षेत्रको दुई सय मिटरभित्र मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र लेख्दै त्यसमा कडाइ गर्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, जनकपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई समिति, उद्योग वाणिज्य संघ र चेम्बर्स अफ कमर्सलाई पत्राचार गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।