काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) आँखामा आग्रहको पट्टी बाँध्नेले सरकारको काम नदेखेको प्रधानमन्त्री ओलीको भनाइ, एकतालाई अन्तिम रुप दिने फलामे ढोका फोडेको प्रचण्डको दाबी
२) लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै एनसेलद्वारा सर्वोच्चमा रिट, १४ अर्ब ३६ करोडमात्र तिर्ने दाबी, लाभकर प्रकरण थप तन्किने
३) नक्कली भ्याट बिल प्रकरणः भाटभटेनीसहित चार कम्पनीको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा, आजबाट अन्तिम सुनुवाइ सुरु
४) नेइमारको आगमनमा एम्बाप्पेको ह्याट्रिक, पिएसजीलाई उपाधि, एम्बाप्पे बने एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी
५) र, युक्रेनको राष्ट्रपतिमा हास्यकलाकार नै निर्वाचित, मत परिणाम अगावै प्रतिस्पर्धीद्वारा हार स्वीकार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।