काठमाडौं– उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धी एक अध्ययन रिपोर्ट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सोमबार हस्तान्तरण गरिएको छ।
बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायिक मौसम मापन स्थल विकास गरी मुस्ताङमा सञ्चालन ल्याएको हो।
बुद्ध पावरले आफ्ना ती परियोजनाहरू उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उन्नत वायु तथा सौर्य केन्द्रले प्रहरी कार्यालयलाई प्रशस्त पुग्ने बिजुली उत्पादन गर्ने जनाइएको छ।
मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जा मार्फत बिजुली उत्पादन गर्न सकिने छ।
नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाइन मौसम मापन केन्द्र बनाउन तयार रहेको पावर कम्पनीले जनाएको छ।
यसले अर्को १२ महिनामा दिएको रिर्पोटको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाट स्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।