काठमाडौं– हङकङमा भएको ट्रायल रेसमा नेपाली धावकले स्वर्ण जितेका छन्। शुक्रबार हङकङको साइ कुनदेखि तुइन मुनसम्म भएको सय किलोमिटर ट्रायल रेसमा नेपाली सेनाका चार अल्ट्रा धावकले स्वर्ण जितेका हुन्।
अक्फाम इन्टरनेसनलले आयोजना गरेको रेसमा त्रिभुवन आर्मी क्लबका पूर्णकुमार तामाङसहित समिर तामाङ, तिर्थ तामाङ र वेद सुनुवारले सहभागिता जनाएका थिए।
उनीहरुले निर्धारित दूरी १२ घण्टा १ मिनेटको समयमा पार गरेका थिए। रेसमा विभिन्न देशका ५००० धावकको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।