पोखरा– आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ दोस्रो सातादेखि हुने भएको छ। आयोजक सहारा फुटबल क्लबका अनुसार प्रतियोगिताको १६ औं संस्करण माघ ९ देखि २० गतेसम्म हुने भएको हो।
खेल पोखरा रंगशालामा हुनेछ। प्रतियोगितामा ४ विदेशी, ३ विभागिय टिम सहित ए डिभिजनका क्लब, पुर्व र पश्चिम क्षेत्रबाट १–१ टिम र आयोजक सहारा क्लब गरि १२ टिमको सहभागिता हुनेछ।
प्रतियोगितामा वचत हुने रकम सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।