प्रतीकात्मक तस्बिर
काठमाडौं- मुद्दा लड्ने नाममा वकिलले नै जग्गा लिएपछि नेपाल कानून व्यसायी परिषद्का अनुशासन समतिले कारबाही गर्ने भएको छ।
अधिवक्ता कुष्णबहादुर खत्री काठमाडौंको साविकको गोलढुंगा गाविस–५ बस्ने काबु पुतुवारको कानून व्यवसायी भएर मुद्दा लडेका थिए। पुतुवारको कानून व्यवसायी भएका खत्रीले नै मुद्दा मिलापत्र गराएर ३ आना जग्गा आफ्नो नाममा पास गर्न लगाएको पाइएको छ।
उनले दुबै पक्षलाई उचाली बण्डापत्र बदर मुद्दा हाल्न लगाई दोहोरो भूमिका खेलेका थिए।
उनको यो दोहोरो चरित्र कानून व्यवसायीको आचारसंहिता विपरीत भएको भन्दै कानून व्यसायी परिषद्को अनुशासन समतिले स्पष्टीकरण माग गरेको छ। उनलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै समितिले सूचना जारी गरेको छ।
त्यसैगरी अधिवक्ता खगेन्द्र बोहरालाई पनि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै समितिले सूचना जारी गरेको छ। उनले अधिवक्ता प्रमाणपत्र नम्बर प्रयोग गरी दुरुपयोग गरेको भन्दै समितिले नसिहतको सजाय किन हुनुनपर्ने भन्दै स्पष्टीकरणका लागि सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।