• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

शृंखलाबद्ध विस्फाेटपछि श्रीलंकाली सुरक्षा निकायको चर्को आलोचना, कहाँ भयो चुक? 

64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  १३:५२
1140x725

काठमाडौं- श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मारिनेहरूको संख्या २ सय ९० पुगेको छ। आइतबार भएको विस्फोटमा दर्जनौं विदेशीहरू समेत मारिएको बताइएको छ। आक्रमणमा करिब ५ सय जना घाइते भएका छन्।

श्रीलंकाको प्रहरीले घटनामा संलग्न भएको भन्दै २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको अहिलेसम्म पहिचान हुन सकेको बताएकाे छैन। तर, सयौंको ज्यान जाने गरी गराइएको शृंखलाबद्ध आक्रमणअघि नै त्यसबारेको गोप्य सूचना श्रीलंकाली सुरक्षा निकायलाई थाहा भएको खुलेको छ।

आक्रमणको सूचना थाहा हुँदाहुँदै पनि त्यसलाई रोक्न नसकेको भन्दै अहिले त्यहाँको सुरक्षा निकायको चर्को आलोचना भइरहेको छ। समाचार संस्था एएफपीका अनुसार १० दिनअघि नै आक्रमणको गोप्य सूचना त्यहाँको सुक्षा निकायलाई प्राप्त भएको थियो।

राष्ट्रिय टूहिथ जमाथ (एनटिजे)ले मुख्य गिर्जाघरहरुमा विस्फोटको योजना बनाएको सूचना एक विदेशी गुप्तचर निकायले सुरक्षा निकायलाई उपलब्ध गराएको बताइएको छ।

एनटिजे श्रीलंकाको एउटा मुस्लिम समूह हो। गत वर्ष बुद्धका मूर्ति तोडफोड भएको घटनासँग एनटिजे जोडिएपछि चर्चामा आएको थियो। पछिल्लो आक्रमणमा त्यही समूहको संलग्नता भएको हो या होइन भन्ने बारे भने अहिलेसम्म केही खुलेको छैन।

समाचारअनुसार श्रीलंका प्रहरी प्रमुख पुजुथ जयसुन्दरालले आक्रमण हुनुभन्दा १० दिनअघि अप्रिल ११ मा नै आत्मघाती उक्त सूचना देशभरका सुरक्षा अधिकारीहरुमाझ जारी गरेका थिए।

‘एनटिजेले मुख्य गिर्जाघर र कोलोम्बोस्थित भारतीय हाई कमिसनमा आक्रमण गर्ने विवरण एउटा विदेशी गुप्तचर निकायले दिएको छ,’ उक्त चेतावनीपूर्ण सूचनामा भनिएको थियाे।

Ncell 2
Ncell 2

भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार आक्रमण हुनसक्ने विशेष गोप्य सूचना भारतले श्रीलंकाका सुरक्षा अधिकारीलाई दिएको थियो।

पाकिस्तानकाे कराँचीमा श्रीलंकामा मृत्यु भएकाहरुकाे सम्झनामा आइतबार साँझ आयाेजित द्विप प्रज्ज्वलन अवलाेकन गर्दै एक बालक।


श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्। आइतबार साँझ टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए।

‘किन प्रयाप्त सावधानी अपनाइएन भन्ने कुरामा हामीले हेर्नुपर्छ,’ उनले भने, ‘न त मलाई न त मन्त्रीहरुलाई नै यसबारे सूचित गरियो।’ तर, उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।

सन् २००९ मा २६ वर्ष लामो गृहयुद्ध सकिएयता भएको सबैभन्दा धेरै मानवीय क्षति भएकाे आइतबारको घटनाले श्रीलंका स्तब्ध भएको छ। श्रीलंका सरकारले विस्फोटकाे घटना भएसँगै तत्काल लागू हुने गरी आइतबार साँझ ६ बजेदेखि साेमबार बिहान ६ बजेसम्मका लागि निशेधआज्ञा जारी गरेकाे थियाे।

घटनाबारे भ्रामक सूचना सम्प्रेषण भएकाे भन्दै फेसबुक, ह्वाट्स एपलगायतका सामाजिक सञ्जाल प्रयाेगमा समेत प्रतिबन्ध लगाएकाे छ।

प्रधानमन्त्री विक्रमासिङ्घेले सुरक्षा परिषद्का उच्च सैन्य अधिकारीसहितकाे आकस्मिक बैठक गरेका छन। उद्धारका लागि २ सय भन्दा बढी सेना परिचालन गरिएको छ। त्यस्तै उनले आजका लागि आकस्मिक संसद् बैठक समेत बोलाएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित)
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो
सम्बन्धित सामग्री
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बङ्गला देशका ३०० निर्वाचन क्षेत्रहरू मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार... बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्कीहरू अस्वीकार्य भएको बताए... बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मस्जिदका इमाम अशरफ उस्मानीले नर्थम्पटन क्राउन कोर्टमा आफूलाई बेलायतमा विवाहको उमेर १८ वर्ष तोकिएको जानकारी नभएको बताएका थिए । मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्