• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुक्त हलिया बस्ती पुगेर मन्त्री अर्यालले भनिन् - पुनर्स्थापना एक वर्षभित्रै

64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  १२:५८
1140x725

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित मुक्त हलिया बस्तीमा पहिलोपटक संघीय मन्त्रीले निरीक्षण गरेकी छिन्। आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल भिमदत्त नगरपालिका-१९ स्थित बागफाटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको हलिया बस्तीमा पहिलो पटक पुगेकी हुन्।

आफ्नो बस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय हलियाहरुले आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्। हलियामुक्त भएको लामो समय भइसक्दा पनि हालसम्म पुनर्स्थापना हुन नसक्दा आफूहरु समस्यामा परिरहेको गुनासाे गरेका थिए।

विगतमा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरुको मुद्दा उठाएपनि पुनर्स्थापनामा पहल नगरेको उनीहरुको गुनासो छ। आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूर्तिको माग गरेका थिए।

सरकारले आवास निर्माणका लागि उपलब्ध गराउँदै आएको रकम भवन निर्माण गर्न अपुग हुने भन्दै मुक्त हलिया समाजका अगुवा सिबी लोहारले रकम थप गर्न माग गरे। ‘हामीलाई त्यो रकम पुग्दैन’, लाेहारले भने, ‘मन्त्रीज्यूले पहिलो पटक बस्तीको अवलोकन गरेपछि रकम बढ्ने अपेक्षा गरेका छौं।’

विगतमा बँधुवा मजदुरसरह जिविकोपार्जन गरेका उनीहरु लामो समयदेखि पुनर्स्थापनाको पर्खाइमा छन्। राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष इश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझेपछि मन्त्री अर्यालले यसै वर्ष पुनर्स्थापनाको काम सम्पन्न हुने आश्वासन दिइन्। यसै वर्ष मुक्त हलैयाको पुनर्स्थापनाको सम्पूर्ण काम सम्पन्न गर्नेगरी सरकार अगाडि बढेको मन्त्री अर्यालले बताइन्। ‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो। तर भएन, अब त्यस्तो हुँदैन’, मन्त्री अर्यालले भनिन्, ‘यसै वर्ष सबै काम सम्पन्न हुन्छ।’

संघीय सरकारले याे वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्याक्रमहरु समावेश गर्ने तयारी भइरहेको मन्त्री अर्यालले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सरकारले एकिकृत बस्ती निर्माण कार्य गरिरहेको बागफाटा र बाह्रकुण्डाको एकिकृत बस्ती निर्माण सम्पन्न गर्न मन्त्री अर्यालले निर्देशन दिइन्। हलिया पुनर्स्थापनाका निम्ति भइरहेको एकिकृत बस्ती छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै उनले जेठ महिनामै निर्माण सम्पन्न गरेर उद्घाटन गरी सबै घरहरुको चाबी हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत मन्त्री अर्यालले व्यक्त गरेकी थिइन्।

कञ्चनपुरको बागफाँटा मुक्त हलिया बस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घरकाे निर्माण कार्य चलिरहेकाे छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुनर्स्थापनाको काम गरिरहेको छ। जसमा 'ह्याविट्याट फर ह्युमानिटी नेपाल'ले प्राविधिक तथा सामाजिक परिचालनमा सहयोग गर्दै आएको छ।

गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार देशभर १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन्। जसमध्ये गत असारसम्म १२ हजार ५ सय ५६ वडा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए। गिरीका अनुसार हालसम्म ७ हजार २ सय २८ परिवारकाे पुनर्स्थापना भइसकेको छ।

सरकारले यसै आर्थिक वर्षमा पुनर्स्थापनाको काम सम्पन्न गरिसक्नेगरी काम अगाडि बढाएको उनले बताए। सुदुरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत जिल्लामा मुक्त हलिया रहेका छन्। हलियामुक्त गरेको १४ वर्ष बितिसक्दा पनि पुनर्स्थापनाको काम नसकिएपछि सरकारले यस वर्ष सम्पूर्ण पुनर्स्थापनाको काम सम्पन्न गर्ने योजना बनाएर काम अगाडि बढाएको उनकाे भनाइ छ।

Xtrem

Xtrem

यसैबिच मन्त्री अर्यालले महेन्द्रनगरस्थित भूमिसुधार कार्यालय र नापी कार्यालयको अनुगमन, निरीक्षण गरेकी छिन्। कार्यालयको निरीक्षण गर्दै मन्त्री अर्यालले मन्त्रालय मालपोत र नापी कार्यालयलाई नमूना बनाउनेगरी अगाडि बढेको भन्दै उनले त्यही 'स्प्रिट'का साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन्।

केही कार्यालयमा अनालाइन सेवा सुरु गरेको भन्दै उनले अनलाइनका कारण सेवा ढिलो भयो भन्ने महसुस जनतालाई हुन नदिन कर्मचारीलाई निर्देशन दिइन्। त्यस अवसरमा भूमिसुधार कार्यालय महेन्द्रनगरका प्रमुख धर्मानन्द भट्टले कार्यालयका समस्याहरुको बारेमा जानकारी गराएका थिए।

यसैबीच मन्त्री अर्यालले जिल्ला समन्वय समिति कञ्चनपुरमा समेत जिल्लाका कार्यालय प्रमुख, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुखहरुसँग छलफल गरेकी थिइन्।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्