फाइल तस्बिर
काठमाडौं– मन्थली विमानस्थलमा दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार सबै सकुशल रहेका छन्।
दुर्घटना भएकाे जहाजमा १७ जना थिए। १४ जना विदेशी र चालक दलका ३ जना सबै सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।
काठमाडौंबाट उडेको उक्त जहाज रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा बिहान चिप्लिएर दुर्घटनामा परेको थियो। सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा डाइभर्ट गर्दा दुर्घटनामा परेको विमानस्थल कार्यालयले पुष्टि गरेको छ।
'नाइन एन-८८८ कल साइन' भएको डोर्नियर विमान जहाजको हाइड्राेलिक पाइप फुटेर 'रन-वे'बाट चिप्लिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।