मन्थलीमा तारा एयरकाे विमान दुर्घटना

नेपाल लाइभ | २०७६ बैशाख ९ सोमबार | Monday, April 22, 2019 १०:४९:०० मा प्रकाशित

काठमाडौं– काठमाडौंबाट उडेको तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा अवतरण गर्दा चिप्लिएर दुर्घटना भएको विमानस्थल कार्यालयले पुष्टि गरेको छ।

 तारा एयरको 'नाइन एन-८८८ कल साइन' भएको डोर्नियर विमान सो विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर 'रन-वे'बाट चिप्लिएको हो।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन।