बझाङ- जन्तीबोकेर खप्तडछान्ना गाउंपालिकाबाट जयपृथ्वी नगरपालिका तर्फ आउदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना जन्ती घाइते भएका छन्। आइतबार दिउँसो से १ ज ७१८ नम्बरको जिप दिउँसो चार बजेतिर दुर्घटना भएको हो।
खप्तड छान्ना गाउँपालिका-२ निम भन्ने ठाउमा भएको दुर्घटनामा सोही गाउपालिकाका वर्षीय ७१ वासुदेव जोशीको घटनास्थलमै ज्यान गएको र १ जनाको अवश्था गम्भीर भएको प्रहरीले जनाएको छ।
पानी परिरहेको बेला गुडिरहेको जिप सडकबाट चिप्लिएर दुर्घटना भएको स्थानीयले बताएका छन्।
दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सूर्यबहादुर केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।