काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) पार्टी एकताको सबै काम सकिएको नेकपा अध्यक्ष प्रचण्डको दाबी, पार्टी स्थापना दिवसमा सोमबार पोलिटब्युरो र जिल्ला कमिटी एकता घोषणा हुने
२) कलेजको चरम लापरबाहीले ३ सय ४४ विद्यार्थी परीक्षा दिनबाट वञ्चित, नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने विश्वविद्यालयको चेतावनी
३) राजधानीको रानीबारीमा दिउँसै लुटपाट, घरमा भएका सबैलाई हातखुट्टा बाँधी लुट्ने ३ पक्राउ
४) युभेन्ट्सले जित्यो ५ खेलअघि नै लगातार आठौं पटक लिगको उपाधि, ३३ खेलबाट ८७ अंक जोड्यो
५) र, श्रीलंकामा होटल र चर्चमा श्रृंखलाबद्ध बम विस्फोट, मृृत्यु हुनेको संख्या १ सय ५६ पुग्यो, शान्त रहन राष्ट्रपतिको आग्रह ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।