धादिङ- बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।काठमाडौंबाट मनकामनातर्फ जाँदै गरेको बा ४ ख १४१५ नम्बरको मिनीबस अनियन्तित भई सडकबाट अम्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको थियो।
मृत्यु हुनेमा आइतबार बिहान दुर्घटना हुँदा बसमा दोलखा चरिकोट बस्ने २६ वर्षीय हरिवंश केसी घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी दोलखा कालिन्चोक गाउँपालिका-७ बस्ने ७१ वर्षीया पार्वती बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बसमा सवार २५ जनामध्ये १६ जनालाई राजमार्ग अस्पताल मलेखु र ९ जनालाई गजुरी अस्पतालतर्फ लगिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
यी हुन् घाइते

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।