प्रतीकात्मक तस्बिर
जनकपुर- धनुषामा एक महिलामाथि गाउँलेहरु मिलेर चरम शारीरिक यातना दिएका छन्। जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने ३५ वर्षिया मुसहर परिवारकी एक महिलालाई गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन्।
शनिबार राति भएको सो घटना आइतबारमात्र सार्वजनिक भएको हो।
महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रन्जित सादा र १९ वर्षीय सन्तोष सादा रहेका छन्।
प्रहरी उपरीक्षक शेखर खनालका अनुसार घटनाबारे जानकारी हुनासाथ पीडित महिलालाई उद्धार गरिएको बताए।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।