जनकपुर- महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्षको निधन भएको छ।
बिरामी भएर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको हो।
४५ वर्षको उमेरमा चौधरीको आइतबार बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
चौधरीको मृत शरीरलाई महोत्तरी पिपरा ल्याइदैछ। चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।