काठमाडौँ- श्रीलंकामा २४ घन्टा नबित्दै २ ठुला आक्रमण भएका छन्। दुबै आक्रमण आत्मघाती बम विस्फोट भएका हुन्।
समाचार संस्था रोयर्टसले त्यहाँको प्रहरीलाई उल्लेख गर्दै जनाएअनुसार राष्ट्रिय चिडिया खाना नजिकेको होटेलमा आक्रमण भएको हो।
यसअघि आइतबार बिहानै भएका श्रृखंलावद्ध आत्मघाती विस्फोटमा परि करिब १५० को मृत्यु भएको बताइएको छ भने ४ सय घाइते भएका छन्।
पछिल्लो पटक भएको आक्रण सातौं हो र यो राजधानी कोलोम्बो नजिकै पर्छ।
एक प्रत्यक्षदर्शीले स्थानीय टेलिभिजनलाई होटेल नजिकै लास देखेको बताएका छन्।
आक्रणपछि चिडियाखानका अधिकारीले चिडिया खाना बन्दको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।