काठमाडौं- नेपालले श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटको भर्त्सना गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कुनै पनि स्वरुपको आतंकवादको नेपालले भर्त्सना गर्ने बताएका छन्।
समाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ज्ञवालीले नेपाल र नेपाल सरकारका तर्फबाट मृतकका परिवार, श्रीलंका र त्यहाँका जनताप्रति सहानुभूतिसमेत प्रकट गरेका छन्।
आइतबार बिहान राजधानी कोलोम्बोका विभिन्न स्थानमा रहेका ३ गिर्जाघर र ३ होटलमा ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए।
विस्फोटमा परि मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ भने ४ सय भन्दा बढी घाइते भएका छन्।
घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्।
आक्रमणको भने अहिलेसमम्म कसैले जिम्मा लिएको छैन।
मन्त्री ज्ञवालीकाे ट्विट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।