काठमाडौं- श्रीलङ्कामा गिर्जाघर र होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार अहिलेसम्म कम्तीमा १ सय ३८ जनाको मृत्यु भएको र २ सयभन्दा बढी घाइते भएको पुष्टि भएको छ।
श्रीलंकामा शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा ६ वटा शृङ्खलाबद्ध विस्फोट गराइएकाे थियाे।
घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्। उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोट कसले गराएको हो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।
आक्रमणको भने अहिलेसमम्म कसैले जिम्मा लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।