काठमाडाैं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
आइतबार बिहान काठमाडौंदेखि गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा४ख १४१५ नम्बरको बस 'ओभरटेक' गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्स्पेक्टर नवराज ढुङगेलले जानकारी दिए। बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।