काेलाेम्बाे- आइतबार श्रीलंकाको विभिन्न स्थानमा विस्फोट हुँदा २५ जनाकाे मृत्यु भएकाे छ भने २ सय जनाभन्दा बढी घाइते भएका छन्।
हालसम्म प्राप्त जानकारीअनुसार ३ वटा चर्च र एक होटल गरी ६ ठाउँमा बम विस्फोट गराइएकाे छ। घाइतेहरुको कोलाेम्बाेस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हजारौं मानिसहरु प्रस्थान गरिरहेको कोलाेम्बाेको 'सेन्ट एन्टोनिया' चर्चमा भएकाे बम विस्फोटमा ठूलो क्षति भएको छ।
बम विस्फोटपछि शहरमा सुरक्षा सतर्कता अपनाइएकाे छ। हालसम्म घटना बारेमा कसैले पनि जिम्मेवारी लिएकाे छैन।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।