नयाँ दिल्ली (एजेन्सी)– विश्व क्रिकेटमा पाकिस्तान सधै आफ्नो तीव्र बलरका कारण चर्चामा रहने गरेको छ। पाकिस्तानमा वासिम अक्रम, वकार युनिस, शोएब अख्तर र इमरान खान जस्ता हस्ती बलरको जन्म भएको थियो।
पछिल्लो समय शोएब अख्तरको संन्यासपछि पाकिस्तानी क्रिकेटमा मोहम्मद आमिर, हसन अली, रुमान रय, वहाब रियाज र उस्मान खान जस्ता बलर देखा परेका थिए। यसमध्ये मोहम्मद आमिरबाहेक अन्य बलर त्यति प्रभावशाली बन्न सकेका छैनन्।
यद्यपि मोहम्मद आमिरको चर्चा पाकिस्तानी टोलीमा चुलिए पनि उनले वासिम र वकार जस्तो प्रभाव देखाउन नसकेको आलोचकहरु बताउँछन्।
यसैबीच पाकिस्तानी क्रिकेटबाट सुखद समाचार आएको छ। वसिम, अक्रम र शोएबको तीव्र बलिङको विरासतलाई धान्ने युवा बलर पाकिस्तानी क्रिकेटमा देखा परेका छन्।
पाकिस्तानको युथ–१९ क्रिकेटमा यी युवा बलर निकै चर्चामा छन्। उनलाई पाकिस्तान सुपर लिगमा सबै फ्रेन्चायीले आँखा लगाइरहेका छन्। उत्कृष्ट एक्सनसहित तीव्र गतिमा बल फ्याँक्ने यी बलरको नाम हो, मोहम्मद हसनैन। उनी हाल इस्लामाबाद युनाइटेडबाट व्यावसायिक क्रिकेट खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।