काठमाडौं – एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले खराब ब्याटिङ गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।
नेपाल २८ ओभरमा १०३ रनमा अलआउट भयो।
नेपालका लागि अनिल साहले सर्वाधिक ५० रन जोडे। उनले ५८ बलको सामना गर्दा ७ चौका र १ छक्का प्रहार गरे। अनिलबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
मलेसियाको किनरारा ओभलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गरेको थियो।
नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमायो। जितेन्द्र १ र आसिफ शून्य रनमा आउट भए।
कप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। रोहितकुमार पौडेल ४ रनमै पेभेलियन फर्के। यस्तै भीम सार्की पनि ६ रन बनाएर खेलिरहदा रनआउटको सिकार बने।
पवन सर्राफ ८ रनमा आउट भए। कमलसिंह ऐरी र किशोर महतो शून्य रनमा आउट भए। नेपालले पछिल्ला ४ विकेट १२ बलको बीचमा गुमाएको थियो।
सन्दीप लामिछाने ७ रनमा रनआउट भए। सहाब आलम ७ रनमा अविजित रहे।
बलिङतर्फ अफगानिस्तानका मुजिब रहमानले ६ विकेट लिए । क्वाइस अहमदले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।