काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तान विरुद्धको सेमिफाइनल खेलमा नेपालका मध्यक्रमका ब्याट्सम्यान अनिलकुमार साहले अर्धशतक बनाएका छन् ।
अनिलले २२औं ओभरमा ५० रन पूरा गरेका हुन्। उनले ५६ बलको समाना गर्दा ७ चौका र १ छक्का प्रहार गरे।
तर, मलेसियाको किनरारा ओभलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गरेको छ।
नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमाएको छ। जितेन्द्र १ र आसिफ शून्य रनमा आउट भएका छन्। कप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। रोहितकुमार पौडेल ४ रनमै पेभेलियन फर्के। यस्तै भीम सार्की पनि ६ रन बनाएर खेलिरहँदा रनआउटको सिकार बने।
अफगानिस्तानका मुजिब रहमानले ४ विकेट लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।