काठमाडौं- एसिसी यू-१९ एसिया कपको दोस्रो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी आउट भएका छन्।
ओपनरद्वय सस्तैमा आउट भएपछि दबाबमा देखिएको नेपाली इनिङ्समा कप्तान दीपेन्द्रसमेत टिक्न सकेनन्। उनले मात्र ६ रन बनाउन सके।
अफगानिस्तानका मुजिब रहमानले दीपेन्द्रलाई बोल्ड गरेका छन्। समूह चरणमा इन्डियाविरुद्ध दीपेन्द्रले ८८ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए।
१० ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर मात्र ३२ रन बनाएको छ। नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमाएको छ। जिनेन्द्र १ र आसिफ शून्य रनमा आउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।