काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ।
मलेसियाको किनरारा ओभलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गरेको छ।
नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमाएको छ। जितेन्द्र १ र आसिफ शून्य रनमा आउट भएका छन्। कप्तान दीपेन्द्रसिंह ऐरी ६ रन मा आउट भए। रोहितकुमार पौडेल ४ रनमै पेभेलियन फर्के। यस्तै भीम सार्की पनि ६ रन बनाएर खेलिरहदा रनआउटको सिकार बने।
अफगानिस्तानका मुजिब रहमानले ६ विकेट लिइसकेका छन्।
२७ ओभरको खेल सकिँदा नेपालले ९ विकेट गुमाएर ९९ रन जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।