कोलकाता (एजेन्सी)– श्रीलंका विरुद्ध विहिबारदेखि सुरु भएको तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो दिन शुन्यमा आउट भएर भारतीय कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन्।
उनले सन् १९८२ विश्व कप विजेता पूर्व भारतीय कप्तान कपिल देवको कीर्तिमानलाई बराबरी गरेका हुन्।
विराट अन्तर्राष्ट्रिय क्रिकेटमा एउटै क्यालेन्डर वर्षमा एक दुई पल्ट मात्र होइन पाँच पल्ट शुन्यमा आउट भएका छन्। कपिल देव पनि १९८३ मा एउटै क्यालेन्डर वर्षमा ५ पल्ट आउट भएका थिए।
कप्तान कोहली यसै वर्षको फेब्रुअरीमा अस्ट्रेलिया विरुद्ध पूणे टेस्टमा शुन्यमा आउट भएका थिए। उनी जुनमा च्याम्पियन्स ट्रफीमा पनि श्रीलंका विरुद्ध ओभल एकदिवसीयमा पनि शुन्यमा आउट भएका थिए। कंगारु विरुद्ध चेन्नई एकदिवसीयमा पनि उनी खाता नखोली पवेलियन फर्किएका थिए। अघिल्लो महिला मात्र अक्टुवरमा गुवाहाटीमा भएको टि–२० मा पनि उनी अस्ट्रेलिया विरुद्ध नै शून्यमा आउट भएका थिए।
बिहीबार वर्षाका कारण ढिलो टस भएको खेलमा भारतले १७ रनमा माथिल्लो क्रमको तीन व्याट्सम्यानलाई गुमाएको थियो। शिखर धवन ८ र केएल राहुल पनि शुन्यमा आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।