• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुदूरपश्चिमेली लोककथा : एकखुट्टे दानव

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  ०५:५९
1140x725

राइतड भन्ने ठाउँमा एकखुट्ट नाउँको एउटा दानव बस्ने गर्थ्यो। ऊ त्यहाँ आउने जाने बटुवाहरूसँग भीरको बाटोमा राम्ररी कुराकानी गरेर आफ्नो घरको सबै कुरा पनि बताउने गर्थ्यो। अन्त्यमा उनीहरूलाई भीरबाट फालेर मारिदिन्थ्यो। तिनको मासु खान्थ्यो र पछि उनीहरूको घरमा गएर उनीहरूको परिवारलाई पनि खाइदिन्थ्यो। उसको डरले कोही पनि एक्लैदोक्लै राइतडको बाटोबाट हिँड्दैनथे।

राइतड गाउँमा एउटा उजल्या भन्ने मानिस पनि बस्ने गर्थ्यो। उसले एकखुट्टे राक्षसको कुरा सुनेको थियो। यसैबीच ऊ एकचोटि माल (मधेस) जाने भनी त्यही भीरको बाटोबाट एक्लै जाँदै थियो। हिँड्दाहिँड्दै बाटामा उसले एक जना अचम्मको मानिस देख्यो। त्यो मानिस भैरव भूतजस्तै मोटो थियो, खुट्टा भने एउटा मात्रै थियो । 

यो कस्तो मानिस रहेछ भनेर राम्ररी ठम्याउन नपाउँदै त्यो एकखुट्टेले भन्यो, ‘ए बटुवा, ममाथि दया गर, म डुँडो छु। हात समातेर मलाई भीर तारिदेऊ। धर्म पनि होला, तेरो पुत्र बाँचिरहला।’

उजल्याले साह्रै दया लागेर सोध्यो, ‘यो उमेरमा पनि तेरो यो गति कसरी भयो?’

धेरै दीन भएर एकखुट्टेले जवाफ दियो, ‘के गरुँ दाइ, पूर्वजन्मको कमाइ हो, पूर्वजन्मको पाप हो। कसैको खुट्टा भाँचे हुँला, त्यसैले आज यो भुक्तमान भोग्दैछु।’

उजल्यालाई त्यसको कुरा सुनेर दया लाग्यो। उसले त्यस एकखुट्टेको हात समात्यो र डोर्‍याएर हिँड्यो । भीरको बाटो उबडखाबड थियो। जस्तोतस्तो मानिसले त त्यो भीर पार गर्न सक्दैनथ्यो। त्यस्तो ठाउँमा डोर्‍याएर बाटो कटाइदिने उजल्याको गुणगान त्यो एकखुट्टेले खुबै गर्‍यो र धेरै मीठामीठा कुरा गरेर उसलाई मख्ख पार्‍यो। उसको घरको सबै नालीबेली पनि सोध्यो।

जोडले चिच्याउँदै एकखुट्टेले भन्यो, ‘हे शत्रुका छोरा, तैंले मलाई कुकुरका दारा जस्ता तिखा ढुंगाहरूमा फालेर लडाइस्, पख, यसको बदला म नलिई कहाँ छाडुँला! पख, आउलास् घरमा!’

उजल्याले पनि आफ्ना सबै कुरा बतायो। आफ्नो एकलासको घर, भर्खरकी स्वास्नी धौली र तीन चार वर्षको छोरा जग्गुलाई छाडेर मधेसबाट भाँडाकुँडा, नुन, लत्ताकपडा ल्याउन आफू हिँडेको कुरा भनिनसक्दै बाटोमा एउटा बिछट्ट भीड देखापर्‍यो। त्यो भीड देखेर अब यो डुँडोलाई कसरी तारौं भनेर उजल्या सोच्न लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

उजल्या रोकिएको देखेर एकखुट्टे भन्न लाग्यो, ‘तैंले डर मानिस् कि क्या हो, पख् म अगाडि लाग्छु, तँ मेरो हात समात्।’ 

उजल्याले तिमी एकखुट्टे मानिस कसरी अगाडि हिँड्छौ भनेर सोध्दा हेर म कसरी हिँड्छु भनी एकखुट्टेले हिँडेर देखाएपछि उजल्याको मनमा शंका उब्जियो।

त्यतिबेलासम्ममा सटपट भित्तातर्फ पिठ्यूँ अड्याएर हातले पछाडिपट्टिको भीरमा समातेर एकखुट्टेले उजल्यालाई भीरमा फाल्ने जमर्को गरिसकेको थियो। तर, उसले फाल्नुअघि नै उजल्या सतर्क भई पेटमा एक लात हानेर एकखुट्टेलाई नै भीरमा खसालिदियो र एकखुट्टे फर्सी लडेजस्तै बल्ड्याङबल्ड्याङ गर्दै भीरमा खुर्मुरियो। 

जोडले चिच्याउँदै एकखुट्टेले भन्यो, ‘हे शत्रुका छोरा, तैंले मलाई कुकुरका दारा जस्ता तिखा ढुंगाहरूमा फालेर लडाइस्, पख, यसको बदला म नलिई कहाँ छाडुँला! पख, आउलास् घरमा’ र अन्त्यमा ठूलो स्वरले नदीका रोडा ढुंगाहरूमा बजारिन पुग्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एकखुट्टे शत्रुलाई भीरमा फालेपछि उजल्या सरासर आफ्नो बाटो लाग्यो। एकखुट्टेले दल्सिङ ढुंगा फोरेर आफ्नो आङमा दल्यो। अलिबेरमै उसको आङमा लागेका घाउ नि ठीक भैहाले। ऊ अब जस्ताको तस्तै ठीक भएर उजल्याको घरतर्फ हिँड्यो। 

हिँड्दाहिँड्दै एकखुट्टे उजल्याको गाउँमा पुग्यो। एक्लो घर भएको हुनाले उजल्याकी स्वास्नी धौलीले चाँडै खाना खाएर ढोका लगाइसकेकी थिई। त्यसै पनि बेलुकाको खाना खाने बेला भइसकेको थियो। धौली बिस्तरा लगाएर पल्टिसकेकी थिई। काखमा सुतेको उसको छोरा जग्गु आमा कथा हाल भनेर भनिराखेको थियो। ऊ पनि नौलाहितुको कथा भन्दै थिई। 

यसैबीच सिँढीमा मालसामानले भरिएको डोको बिसाएको जस्तो धम्मको आवाज आयो। त्यतिबेलासम्म उजल्याले बोलेको जस्तो पनि सुनियो। धम्मधम्म तामाको भारी। यो सुनेर धौली हतारहतार उठी, ढोका उघारी। बाहिर निष्पट्ट अँध्यारो भइसकेको थियो। छामछुम गरेर डोको उठाउन लागी। एक्लैले उठाउन सकिन र दुवैले मिलेर डोको माथिल्लो तलाको चाक्लो ठाउँमा राखे। 

यत्तिकैमा विश्वास दिलाउनका लागि एकखुट्टले सुतेकी थियौ कि नानी गज्जु भन्यो। जग्गु भन्नुपर्नेमा जग्गुको ठाउँमा उल्टो नाउँ गज्जु भनेको सुनेर जग्गुलाई पनि यो मेरो बाबु होइन भन्ने शंका पर्न गयो। त्यसैले ऊ बोलेन।

शंका त धौलीको मनमा पनि परिसकेको थियो । गरोस् त के गरोस् । नजानेजस्तो गरेर तैपनि बोल्न लागी, ‘सुत्यो होला। नत्र यतिको बेलासम्म कसरी अडिन सक्थ्यो र?’

धौलीले भित्र गएर चुलोमा आगो फुकी। सिटा बाली। उसले उज्यालोमा पनि हेरी, उस्तै-उस्तै उजल्याको जस्तै अनुहार देखी। अब मन काम्न लाग्यो तैपनि उसले आफ्नो होश हराइन।

‘के हो आज त सिटा बालेर राम्ररी हेर्न लागेकी छस्। भोक लागेको छ। केही रोटीका टुक्राटाक्री छ ? ले न, लिएर आ त’, एकखुट्टेले भन्यो।

‘पानी तताएकी छु, पहिले हात खुट्टा धोइहाल्नुहोस्’, धौलीले भनी।

‘ले त धोइदे’, भनेर एकखुट्टेले भन्यो। 

धौली पानी ल्याएर खुट्टा धुन लागी। एउटा खुट्टा धोएर अब अर्को खुट्टा ल्याऊ भनेर धौलीले भनेपछि खुट्टा नदिँदै धौलीको शरीर झमझम भैहाल्यो। डर, भय केही मान्दै नमानी एकखुट्टेले भन्यो, ‘अर्को खुट्टा कहाँ थियो र मेरो।’ 

सुतेको बहाना गरी पल्टेको जग्गुले पनि यी सबै कुरा सुनिरहेको थियो। रुँदैरुँदै उठेर भन्न लाग्यो, ‘आमा म बाहिर जान्छु।’

‘गज्जु हिँड’, एकखुट्टेले भन्यो।

‘हुन्न आमा’, जग्गु करायो।

‘होइन, म जान्छु’, एकखुट्टेले फेरि फकायो।

‘होइन, आमा तिमी हिँड’, जग्गुले फेरि रुँदै भन्न लाग्यो।

‘यो मान्दैन, छाड्नुहोस्’, भन्दै धौलीले जग्गुको पाखुरा समाती र निस्की हाली। एकखुट्टे पनि पछिपछि लाग्यो। धौली बच्चालाई लिएर हतारहतार गोठमा पसी।

‘कहाँ गइस् बाबु गज्जु’ भन्दै एकखुट्टे पनि गोठभित्र नै पस्न लाग्यो। ढोकामा नै रौल्या र पौल्या नाउँ गरेका दुइटा गोरु बाँधेका थिए। तिखा सिङ भएका यी गोरुहरू नचिनेको मानिस देखेपछि टाढैबाट नै हान्न दगुर्थे। एकखुट्टे गोठभित्र पस्न खोज्दा यताबाट रौल्याले फुँ गरेर तिखा सिङले एकखुट्टेको पेटमा हान्यो र आन्द्राभुँडी बाहिर निकालिदियो।

अर्कोतर्फबाट पौल्याले पनि सिङले हानेर एकखुट्टेको कलेजो समेत सिङमा झुन्ड्याएर ल्यायो। एकखुट्टे लम्पसार पर्‍यो र आँखा फर्कायो। बिचरोले धित मरुन्जेल रुन पनि पाएन।
यसरी आफ्नो बुद्धि र साहस कायम राखेर धौलीले एकखुट्टे दानवलाई मारी। यसले सबै मानिसहरूको पनि भलो भयो। केही दिनमै घर आइपुगेपछि यो कुरा सुनेर उजल्या पनि खुसी भयो। रैताडतिर जाने मानिसहरू पनि निर्धक्क भए।

(बैतडीको मध्यभागतिर प्रचलित लोककथा। बहुभाषिक पत्रिका ‘सयपत्री’, २०५८ बाट साभार।)
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्