• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मधेसीको पक्षमा संविधान संशोधन गर्छौं'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  १९:३७
1140x725

सिरहा– ०७० को दोस्रो संविधानसभा चुनावमा सिरहा–५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झिनो मतले पराजित भएपछि एमालेका लीलानाथ श्रेष्ठ निकै चर्चित भए। त्यहाँको मतगणनालाई लिएर त्यसबेला आशंका पनि गरिए। तर, नतिजा यथावत् नै रह्यो। यसैबीच मुलुक अर्को निर्वाचनमा होमिइरहेको छ। र, उनै श्रेष्ठ अहिले सिरहा–३ को चुनावी प्रतिस्पर्धामा छन्, माओवादीकै पनि साझा उम्मेदवार बनेर। 

घरदैलो अभियानका क्रममा सिरहाको एउटा गाउँमा भाषण गरिरहेका बेला भेटिएका श्रेष्ठसँग नेपाल लाइभका लागि किशोर दहालले कुरा गरेका छन्ः

०७० सालको चुनावमा प्रचण्डसँग तपाईंको हारपछि केही आशंका उब्जिएको थियो। त्यो निर्वाचनलाई कसरी सम्झिनु हुन्छ?

अहिले हामी दुवै पार्टी चुनावी तालमेलमा र चुनावपछि एकता गर्ने प्रक्रियामा छौं। अर्कोतिर आचारसंहितामा एक पार्टीले अर्को पार्टीलाई विरोध नगर्न भनेको हुनाले अहिले म त्यो कुरालाई खोतल्न चाहन्न। ०७० सालको चुनावमा के भएको हो सबै तपाईंहरुलाई थाहै छ। जनताले मलाई भोट दिएकै हो। तर, के भएको र के नभएको तपाईंहरुलाई थाहा छ। पार्टी एकता हुन गइरहेको अवस्थामा र हाम्रो नेताका रुपमा उहाँलाई पनि मानिरहेको अवस्थामा यो कुरा गर्नु उपयुक्त छैन। ०७० सालको चुनावमा सिरहा–५ का जनताले मलाई मत दिएर माया गर्नुभएको थियो, त्यसमा दुई मत छैन। बाँकी कुरा अहिले नगरौं।

केही गडबडी भएको थियो भन्न चाहनुहुन्छ?

अहिले आचारसंहिता लागू भएको छ। म नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुँ। तपाईंले मेरो कुरा बुझिदिनुप¥यो। के भएको थियो भनेर विगतमै मिडियामार्फत सबै कुरा राखिसकेकै हो। अहिले पुराना कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लाग्छ। 

राजनीतिमा तपाईंको राष्ट्रिय चिनारी त्यही चुनावमा प्रचण्डसँग हारेपछि नै सुरु भयो भन्ने लाग्छ कि लाग्दैन?

प्रचण्डसँग लड्दा म हारेको होइन। जनताबाट जितेकै हो। यसमा दुई मत छैन। तर, यो कुरालाई नदोहोर्‍याउँ भन्ने चाहन्छु।

Ncell 2
Ncell 2
nimb
nimb

घरदैलो अभियानमा हुनुहुन्छ। जनताको अपेक्षा के छ अहिले?

तराई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारीमा साह्रै पीछडिएको छ। हाम्रो सिरहा सुगम जिल्ला भए पनि तथ्यांकले हाम्रो दयनीय अवस्था नै देखाउँछ। २१औं शताब्दीमा पनि तराईमा महिला हिंसा व्यापक छ। शिक्षामा पछि परेको छ।सबै चिजबाट पीछडिएको छ। सिरहाबाट हिजोसम्म चुनाव जित्ने नेताहरु दक्षिणी भेगका हुनुहुन्थ्यो। तर, दक्षिण भेगकै अवस्था नाजुक किसिमको छ। बाटोघाटो, विद्यालय सबै नाजुक छ। हिजो लक्ष्मीनियाँमा एउटा विद्यालय हेरेको थिएँ। बोराको चकटीमा विद्यार्थी पढिरहेका थिए। त्यसरी त हामी ०३० सालमा पढ्थ्यौं। अवस्था अहिले पनि उस्तै छ। यो दुर्भाग्य हो।

जनताले के भन्छन्, भनेर बुझ्न खोजेको?

गरिबको घरमा के हुन्छ? खान–लाउनको समस्या छ। यस्तो अवस्थाका मानिसबाट असीमित चाहना र आवश्यकता व्यक्त हुन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लामो समयसम्म मधेस आन्दोलन भयो। संविधान संशोधनको माग मुख्य रुपमा थियो। त्यसबारे चाहिँ जनताले के भन्छन्?

त्यसबारे जनतालाई भन्दा पनि नेतालाई चासो छ। जनतालाई अधिकार चाहिएको छ। मधेसका केही अधिकारका कुरा छन्, चुनावपछि वाम गठबन्धनको बहुमत सिट आउने हो भने संविधान गतिशील दस्तावेज भएकाले मधेस र मधेसी जनताका लागि हामी संशोधन गर्छौं। तर, राष्ट्रियता र राष्ट्रलाई ध्यानमा दिएर मात्र हामी काम गर्छौं। 

संविधान बनाउँदा केही कांग्रेसका, केही एमालेका, केही माओवादीका र केही मधेसी दलका मागहरु छुटे। आवश्यकता अनुसार जनताको मागलाई सरकार बनिसकेपछि संविधान संशोधन गरेर जान्छौं। अब हामी राष्ट्रको समृद्धितिर जानुपर्छ। 

मधेसका जनताले चाहेको अधिकार र उसको पहिचानको ग्यारेन्टी नभईकन कसरी समृद्धि आउँछ?

पहिचानका लागि हामीले समानुपातिक समावेशी व्यवस्था पास गरेकै छौं। सबै मधेसी जनताका लागि शिक्षामा पनि र जागिरमा पनि यति प्रतिशत भनेकै छौं। राजनीतिमा पनि मधेसीको कोटा छुट्याएकै छौं। मधेसी आयोग बनाउने र मधेसी जनताको आवश्यकताको अनुसन्धान गर्ने र कानुन बनाउने भनेर लेखेकै छौं।

भन्ने लेख्ने त गर्नुहुन्छ। तर, ठूला–ठूला उद्योगपति र चन्दादातालाई सांसद बनाउनुहुन्छ, होइन?

त्यो दुर्भाग्य हो।

तपाईं केही बेरअघि भाषण गरिरहँदा र अहिले अन्तर्वार्ताका क्रममा पनि संविधान संशोधन गर्न तयार छौं भन्नुभयो। एमाले त संशोधनको पक्षमा थिएन पहिला, तपाईंले झुटो बोल्नुभएको त होइन?

एकदम होइन। मधेसी र मधेसका लागि म यहाँबाट प्रतिनिधित्व गर्दैछु। उहाँहरुको ठीक कुराका लागि हामी लड्छौं। मलाई कुर्सी चाहिएको होइन। मलाई यो सांसद जित्ने भन्दा पनि यहाँको आधारभूत आवश्यकताका कुरामा ध्यान दिनु छ। 

तपाईंले जितेर जानुभयो भने संसद्मा गएर संविधानको कुन चाहिँ कुरा संशोधन गर्न पहल गर्नुहुन्छ त?

मधेस, मधेसी र राष्ट्रियता। यी तीनवटा कुरालाई हेरेर उहाँहरुले गरेका कुरामा बसेर छलफल गर्छौं नि! एउटा पार्टीको कुरा छैन नि, संविधान त सबै पार्टीको कुरा हो। गिभ एन्ड टेकको कुरा हुन्छ।

गिभ एन्ड टेकको कुरा त पछिको कुरा भयो। तपाईंले संविधान संशोधन गर्छु भनेकाले संशोधनकै लागि आफ्नो प्रस्ताव केही छ कि भनेर बुझ्न खोजेको!

मैले मधेसी र मधेको समृद्धिका लागि के लग्दाखेरि राम्रो हुन्छ त्यही लाने हो। उहाँहरुले राखेको माग पनि हामी हेर्छौं। मधेस र मधेसीको समृद्धिको लागि फाइदा हुने कुरा के–के हुन्, संशोधन आवश्यक छ कि छैन, त्यो अध्ययन गर्छौं। अनि मधेसी र मधेसको हित हुने कुरामा संशोधन गर्छौं।

यो चुनावमा तपाईंको जितको आधार के छ?

म दिनरात जनताको सेवा गर्छु। हिजो मधेस आन्दोलन हुँदा पनि अनेक थ्रेट भएको थियो, तर मैले सिरहा छाडिनँ। प्रदीप गिरी काठमाडौं जानुभयो। मधेसी मूलकै चित्रलेखा काठमाडौं जानुभयो। तर, म मधेस आन्दोलन, माओवादी आन्दोलनमा पनि काठमाडौंमा बसिनँ। किनभने म कफन बाँधेर राजनीतिमा लागेको छु। 

हेमनारायणको हत्या भयो, कृष्ण श्रेष्ठको हत्या भयो। मलाई थाहा छ, मेरो पनि हत्या हुन सक्छ। सधैं बाँच्नलाई आएको होइन। सबै जानेर राजनीतिमा लागेको छु। जोखिम मोलेर लागेको छु। किनभने हाम्रो रक्षा यहाँका जनताले गर्छन्। मलाई जनताले किन माया गर्छन् भने जतिबेला खोजे पनि म भेटिन्छु। यो नेता झुटो बोल्दैन भन्ने सबैलाई थाहा छ। म विकासप्रेमी पनि हो। 

अन्य दल र गठबन्धनको चुनौती कत्तिको छ?

अन्य दलका नेताहरु टीका लाउँदै एमालेमा प्रवेश गरिरहनुभएको छ। केपी ओलीबाट टीका लगाएर मधेसी दलकै नेताहरु आइरहनुभएको छ। यसले के देखाउँछ भने यो देशको कायापलट गर्ने भनेको वाम गठबन्धनभन्दा बाहेक अरु होइन भनेर सारा बुद्धिजीवी, किसान, मजदुर जनता एमालेप्रति आकर्षित छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्