• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मधेसीको पक्षमा संविधान संशोधन गर्छौं'

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०७४  १९:३७
1140x725

सिरहा– ०७० को दोस्रो संविधानसभा चुनावमा सिरहा–५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झिनो मतले पराजित भएपछि एमालेका लीलानाथ श्रेष्ठ निकै चर्चित भए। त्यहाँको मतगणनालाई लिएर त्यसबेला आशंका पनि गरिए। तर, नतिजा यथावत् नै रह्यो। यसैबीच मुलुक अर्को निर्वाचनमा होमिइरहेको छ। र, उनै श्रेष्ठ अहिले सिरहा–३ को चुनावी प्रतिस्पर्धामा छन्, माओवादीकै पनि साझा उम्मेदवार बनेर। 

घरदैलो अभियानका क्रममा सिरहाको एउटा गाउँमा भाषण गरिरहेका बेला भेटिएका श्रेष्ठसँग नेपाल लाइभका लागि किशोर दहालले कुरा गरेका छन्ः

०७० सालको चुनावमा प्रचण्डसँग तपाईंको हारपछि केही आशंका उब्जिएको थियो। त्यो निर्वाचनलाई कसरी सम्झिनु हुन्छ?

अहिले हामी दुवै पार्टी चुनावी तालमेलमा र चुनावपछि एकता गर्ने प्रक्रियामा छौं। अर्कोतिर आचारसंहितामा एक पार्टीले अर्को पार्टीलाई विरोध नगर्न भनेको हुनाले अहिले म त्यो कुरालाई खोतल्न चाहन्न। ०७० सालको चुनावमा के भएको हो सबै तपाईंहरुलाई थाहै छ। जनताले मलाई भोट दिएकै हो। तर, के भएको र के नभएको तपाईंहरुलाई थाहा छ। पार्टी एकता हुन गइरहेको अवस्थामा र हाम्रो नेताका रुपमा उहाँलाई पनि मानिरहेको अवस्थामा यो कुरा गर्नु उपयुक्त छैन। ०७० सालको चुनावमा सिरहा–५ का जनताले मलाई मत दिएर माया गर्नुभएको थियो, त्यसमा दुई मत छैन। बाँकी कुरा अहिले नगरौं।

केही गडबडी भएको थियो भन्न चाहनुहुन्छ?

अहिले आचारसंहिता लागू भएको छ। म नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुँ। तपाईंले मेरो कुरा बुझिदिनुप¥यो। के भएको थियो भनेर विगतमै मिडियामार्फत सबै कुरा राखिसकेकै हो। अहिले पुराना कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लाग्छ। 

राजनीतिमा तपाईंको राष्ट्रिय चिनारी त्यही चुनावमा प्रचण्डसँग हारेपछि नै सुरु भयो भन्ने लाग्छ कि लाग्दैन?

प्रचण्डसँग लड्दा म हारेको होइन। जनताबाट जितेकै हो। यसमा दुई मत छैन। तर, यो कुरालाई नदोहोर्‍याउँ भन्ने चाहन्छु।

Ncell 2
Ncell 2

घरदैलो अभियानमा हुनुहुन्छ। जनताको अपेक्षा के छ अहिले?

तराई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारीमा साह्रै पीछडिएको छ। हाम्रो सिरहा सुगम जिल्ला भए पनि तथ्यांकले हाम्रो दयनीय अवस्था नै देखाउँछ। २१औं शताब्दीमा पनि तराईमा महिला हिंसा व्यापक छ। शिक्षामा पछि परेको छ।सबै चिजबाट पीछडिएको छ। सिरहाबाट हिजोसम्म चुनाव जित्ने नेताहरु दक्षिणी भेगका हुनुहुन्थ्यो। तर, दक्षिण भेगकै अवस्था नाजुक किसिमको छ। बाटोघाटो, विद्यालय सबै नाजुक छ। हिजो लक्ष्मीनियाँमा एउटा विद्यालय हेरेको थिएँ। बोराको चकटीमा विद्यार्थी पढिरहेका थिए। त्यसरी त हामी ०३० सालमा पढ्थ्यौं। अवस्था अहिले पनि उस्तै छ। यो दुर्भाग्य हो।

जनताले के भन्छन्, भनेर बुझ्न खोजेको?

गरिबको घरमा के हुन्छ? खान–लाउनको समस्या छ। यस्तो अवस्थाका मानिसबाट असीमित चाहना र आवश्यकता व्यक्त हुन्छन्। 

लामो समयसम्म मधेस आन्दोलन भयो। संविधान संशोधनको माग मुख्य रुपमा थियो। त्यसबारे चाहिँ जनताले के भन्छन्?

त्यसबारे जनतालाई भन्दा पनि नेतालाई चासो छ। जनतालाई अधिकार चाहिएको छ। मधेसका केही अधिकारका कुरा छन्, चुनावपछि वाम गठबन्धनको बहुमत सिट आउने हो भने संविधान गतिशील दस्तावेज भएकाले मधेस र मधेसी जनताका लागि हामी संशोधन गर्छौं। तर, राष्ट्रियता र राष्ट्रलाई ध्यानमा दिएर मात्र हामी काम गर्छौं। 

संविधान बनाउँदा केही कांग्रेसका, केही एमालेका, केही माओवादीका र केही मधेसी दलका मागहरु छुटे। आवश्यकता अनुसार जनताको मागलाई सरकार बनिसकेपछि संविधान संशोधन गरेर जान्छौं। अब हामी राष्ट्रको समृद्धितिर जानुपर्छ। 

मधेसका जनताले चाहेको अधिकार र उसको पहिचानको ग्यारेन्टी नभईकन कसरी समृद्धि आउँछ?

पहिचानका लागि हामीले समानुपातिक समावेशी व्यवस्था पास गरेकै छौं। सबै मधेसी जनताका लागि शिक्षामा पनि र जागिरमा पनि यति प्रतिशत भनेकै छौं। राजनीतिमा पनि मधेसीको कोटा छुट्याएकै छौं। मधेसी आयोग बनाउने र मधेसी जनताको आवश्यकताको अनुसन्धान गर्ने र कानुन बनाउने भनेर लेखेकै छौं।

भन्ने लेख्ने त गर्नुहुन्छ। तर, ठूला–ठूला उद्योगपति र चन्दादातालाई सांसद बनाउनुहुन्छ, होइन?

त्यो दुर्भाग्य हो।

तपाईं केही बेरअघि भाषण गरिरहँदा र अहिले अन्तर्वार्ताका क्रममा पनि संविधान संशोधन गर्न तयार छौं भन्नुभयो। एमाले त संशोधनको पक्षमा थिएन पहिला, तपाईंले झुटो बोल्नुभएको त होइन?

एकदम होइन। मधेसी र मधेसका लागि म यहाँबाट प्रतिनिधित्व गर्दैछु। उहाँहरुको ठीक कुराका लागि हामी लड्छौं। मलाई कुर्सी चाहिएको होइन। मलाई यो सांसद जित्ने भन्दा पनि यहाँको आधारभूत आवश्यकताका कुरामा ध्यान दिनु छ। 

तपाईंले जितेर जानुभयो भने संसद्मा गएर संविधानको कुन चाहिँ कुरा संशोधन गर्न पहल गर्नुहुन्छ त?

मधेस, मधेसी र राष्ट्रियता। यी तीनवटा कुरालाई हेरेर उहाँहरुले गरेका कुरामा बसेर छलफल गर्छौं नि! एउटा पार्टीको कुरा छैन नि, संविधान त सबै पार्टीको कुरा हो। गिभ एन्ड टेकको कुरा हुन्छ।

गिभ एन्ड टेकको कुरा त पछिको कुरा भयो। तपाईंले संविधान संशोधन गर्छु भनेकाले संशोधनकै लागि आफ्नो प्रस्ताव केही छ कि भनेर बुझ्न खोजेको!

मैले मधेसी र मधेको समृद्धिका लागि के लग्दाखेरि राम्रो हुन्छ त्यही लाने हो। उहाँहरुले राखेको माग पनि हामी हेर्छौं। मधेस र मधेसीको समृद्धिको लागि फाइदा हुने कुरा के–के हुन्, संशोधन आवश्यक छ कि छैन, त्यो अध्ययन गर्छौं। अनि मधेसी र मधेसको हित हुने कुरामा संशोधन गर्छौं।

यो चुनावमा तपाईंको जितको आधार के छ?

म दिनरात जनताको सेवा गर्छु। हिजो मधेस आन्दोलन हुँदा पनि अनेक थ्रेट भएको थियो, तर मैले सिरहा छाडिनँ। प्रदीप गिरी काठमाडौं जानुभयो। मधेसी मूलकै चित्रलेखा काठमाडौं जानुभयो। तर, म मधेस आन्दोलन, माओवादी आन्दोलनमा पनि काठमाडौंमा बसिनँ। किनभने म कफन बाँधेर राजनीतिमा लागेको छु। 

हेमनारायणको हत्या भयो, कृष्ण श्रेष्ठको हत्या भयो। मलाई थाहा छ, मेरो पनि हत्या हुन सक्छ। सधैं बाँच्नलाई आएको होइन। सबै जानेर राजनीतिमा लागेको छु। जोखिम मोलेर लागेको छु। किनभने हाम्रो रक्षा यहाँका जनताले गर्छन्। मलाई जनताले किन माया गर्छन् भने जतिबेला खोजे पनि म भेटिन्छु। यो नेता झुटो बोल्दैन भन्ने सबैलाई थाहा छ। म विकासप्रेमी पनि हो। 

अन्य दल र गठबन्धनको चुनौती कत्तिको छ?

अन्य दलका नेताहरु टीका लाउँदै एमालेमा प्रवेश गरिरहनुभएको छ। केपी ओलीबाट टीका लगाएर मधेसी दलकै नेताहरु आइरहनुभएको छ। यसले के देखाउँछ भने यो देशको कायापलट गर्ने भनेको वाम गठबन्धनभन्दा बाहेक अरु होइन भनेर सारा बुद्धिजीवी, किसान, मजदुर जनता एमालेप्रति आकर्षित छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्