काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ८ महिनाको अवधिमा १७ लघुवित्त संस्था थपिएका छन्।
आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा ६५ वटा लघुवित्त रहेकोमा फागुन मसान्तसम्ममा ८२ वटा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंकको तथ्याङ्कअनुसार गत असार मसान्तसम्ममा २ हजार ४ सय ४९ लघुवित्तका शाखा रहेकोमा फागुन मसान्तसम्ममा ३ हजार ३ सय ५४ पुगेका छन्।
बैंकको तथ्याङ्कअनुसार यस अवधिमा ‘क’ वर्गका वाणिज्य बैंकको तुलनामा ‘घ’ वर्गका लघुवित्त कम्पनी शाखा विस्तारमा आक्रामक देखिएका छन्।
इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको १ सय ६७ पुगेको छ। यो संख्या गत आवको अन्तिम दिन १ सय ५१ रहेको थियो।
फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ८२ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।