जनकपुर- शनिबार धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्रबजारमा बसले ठक्कर दिँदा मोटसरसाइकलमा सवार धनुषाकै सबैला नगरपालिका-४ बस्ने १९ वर्षीय रञ्जीत मुखियाको घटनास्थलमै मृत्यु हो।
तीन जना सवार ज ४ प ३२०६ नम्बरको मोटरसाइकललाई ना ५ ख ३८३६ नम्बरको बसले ठक्कर दिँदा मुखियाको मृत्यु भएको थियो भने उनीसँगै सबार सबैला नपा-१३ का अन्दाजी १८ वर्षका अजय यादव र सोही स्थान बस्ने कृष्ण कुमार कापर भने घाईते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।