काठमाडौं– संकटा क्लब चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ।
नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो। संकटाको जितमा आइभोरी कोस्टका फ्लोरन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे।
पुलिसविरुद्ध संकटाले ७ मिनेट भित्र दुई गोल गरेको हो। पाँचौं मिनेटमा फ्लोरेन्सले हेडगोलमार्फत संकटालाई सुरुवाती अग्रता दिलाए। फ्लोरेन्सले अमित तामाङको कर्नर बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए। दुई मिनेटपछि मार्टिन्सले गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए ।
संकटाले सेमिफाइनलमा फ्रेण्डस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फ्रेण्ड्सले आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।