नयाँ दिल्ली- भारतीय प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन शोषणको आरोप लागेको छ। सर्वोच्च अदालतमै कार्यरत पूर्व महिला कर्मचारीले यौन शोषणाको आरोप लगाएकी हुन्।
गोगाईकै पूर्व जनियर असिस्टेन्टले गोगोईमाथि यस्तो आरोप लगाएकी हुन्।
आफूमाथि लागेको आरोपमा उनले न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको र न्यायलयलाई अस्थिर बनाउन गरिएको षड्यन्त्र भएको टिप्पणी गरेका छन्।
यौनशोषणको आरोप लगाउने महिलाको पछाडि केही शक्तिशाली व्यक्ति रहेको टिप्पणी उनले गरेका छन्।
'न्यायाधीशले यस्तो दवावमा काम गर्नपर्ने अवस्था आउने हो भने स्वच्छ र सक्षम मानिश अदालतमा आउन चाहेने छैनन्,' उनले भने।
आरोप लगाउने महिलाले सर्वोच्च अदालतका २२ जना न्यायाधीशलाई एक चिठी लेखेर गोगाईमाथि यौन शोषणको आरोप लगाएकी थिइन्।
यौन सम्बन्धका लागि तयार नभएपछि आफूलाई कामबाट हटाइएको र आफ्नो परिवारलाई समेत पटकपटक यातना दिने गरेको आरोप उनले लगाएकी छन्।
प्रधानन्यायाधीश गोगोईले यो अपराधसँग धेरै सम्बन्ध जोडिएको हुन सक्ने भन्दै सचेत भएर समाचार सम्प्रेषण गर्न पनि सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
अपराधिक रेकर्डका कारण चार दिने जेलमा भएकी महिलाले आफूमाथि आरोप लगाएको प्रधानन्यायाधीश गोगोईको दाबी छ।
गोगाइ तिनै न्यायाधीश हुन्, जसले प्रधानमन्त्री मोदीको राफेल डिलमा पुनः सुनुवाई गर्ने आदेश जारी गरेका थिए। त्यस्तै अघिल्लो वर्ष सर्वोच्चका प्रधानन्यायाधीश दिपक मिश्राविरुद्ध अन्य तीन सहकर्मीसहित पत्रकार सम्मेलन गरेका थिए।
उनीहरुले तत्कालीन समयमा अदालत दवावमा रहेको र स्वतन्त्रता खतरामा रहेको टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।