काबुल, अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ।
मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको त्यहाँका एक अफगान अधिकारीले बताएका छन्।
उक्त स्थानमा एक्कासि विस्फोटन भएको र गोली चलेको सुनिएको थियो। मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको थियो।
सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान समेत भएको उनले बताएकाछन्।
घटनाको जिम्मेवारी भने अहिले सम्म कसैले नलिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमा उल्लेख छ। सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको उल्लेख छ।
तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।