• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गौमुखी मिडिया सम्मेलन : पर्यटन विकासमा फड्को मार्ला?

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १५:३२
1140x725

प्युठान- प्युठान जिल्लाको पर्यटकीय स्थल गौमुखीमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न ‘बृहत् मिडिया सम्मेलन’ सम्पन्न भएको छ। पत्रकार महासंघ प्युठान शाखा र गौमुखी गाउँपालिकाको सक्रियतामा सम्पन्न मिडिया सम्मेलन सम्पन्न भएको हो। महोत्सवले तिर्थालु तथा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा लिइएको छ। २०७३ चैतमा स्वर्गद्वारीमा भएको मिडिया सम्मेलनको अनुशरण गर्दै सम्मेलन सम्पन्न भएको हो। 

आन्तरिक तथा बाह्य तिर्थालुलाई भित्र्याएर लाभ लिएको स्वर्गद्वारी नगरपालिकाको सकारात्मक सन्देशलाई ग्रहण गरेको गौमुखी गाउँपालिकाले त्यसकै अनुशरण गर्दै मिडिया सम्मेलन नयाँ वर्षसँगै सम्पन्न गरेको हो।

पत्रकार महासंघ प्युठान शाखा र गौमुखी गाउँपालिकाले काठमाडौं र प्रदेश ५ का विभिन्न जिल्लाबाट पत्रकार निमन्त्रणा गरेर आन्तरिक पर्यटनको श्रीवृद्धिमा विशेष पहलका लागि प्रयास गरेको हो। 

तर, संभावनाको प्रचुर सम्भावना रहेको गौमुखीका लागि पूर्वाधार विकास पहिलो शर्त बनेको छ। 

प्रचुर संम्भवना, पूर्वाधारको तगारो 
नेपाल पत्रकार महासंघ शाखाले गौमुखी मिडिया सम्मेलन-२०७६ का लागि तयार गरेको विशेषांकमा नेकपा केन्द्रीय सदस्य तथा प्युठानमा जन्मघर भएका पत्रकार सूर्य थापाको अग्रलेख छ। उनी लेख्छन्, ‘गौमुखीको ऐतिहासिक,पर्यावरणीय,र सांस्कृतिक महत्व व्यापक रहेको छ। तर, दुर्गम अवस्थितिका कारण पर्यटकीय पूर्वाधार अभाव छ।’

थापाको भनाइमा साथ दिँदै मिडिया सम्मेलन उद्धघाटन गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गौमुखी पुग्दाको कठिनता कार्यक्रममा व्यक्त गरे। पत्रकार थापासँगै गौमुखी पुगेका थापालाई देखाउँदै भने, ‘उहाँले भिर नदेखाउनका लागि कुनै बेला मोहनविक्रम सिंहका जन्मस्थलबारे भन्नुभयो। कुनै बेला मोहन वैद्यका राजनीतिक घटनाक्रमहरु सुनाउँदै बाटो काट्न सहयोग गर्नुभयो।’

माथिका दुई सन्दर्भले गौमुखीको विकटता अनुमान गर्न गाह्रो छैन। विकट भएपनि आन्तरिक पर्यटनहरू मूलतः माघे संक्रान्तिका अवसरमा गौमुखीको दर्शन गर्न पुग्छन्। गौमुखी दर्शनका लागि मूलतः आसपासका जिल्लाका तीर्थयात्री बढी पुग्ने गरेका छन्। रोल्पा,रुकुम, गुल्मी,दाङ, कपिलवस्तुलगायतका जिल्लाबाट दर्शनका लागि पुग्ने गौमुखीमा २०६६ सालमा ३० हजार भन्दा बढी तिर्थालु पुगेको आंकडा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समुद्री सतहबाट १५ सय मिटरभन्दा बढी उचाइमा रहेको गौमुखीको उत्पतिको मितिबारे एकमत पाइँदैन। एक स्थानीयले तिर्धाङको भिरबाट घाँस काटेर फर्कँदै गर्दा गुफाबाट पानी झरेको देखेको र गुफाभित्र हेर्दा उनले गाइको मुखु, सेता थुनका साथै दुध दुहेजस्तै सेतो चट्टानबाट पानी झरिरहेको देखेको किंवदन्ती छ। उनले नै उक्त स्थानको नामाकरण गौमुखी राखेका थिए। इतिहासको गर्वमा रहेको किवंदन्तीका आधारमा वर्तमानमा गौमुखी पुग्ने दर्शनार्थीको संख्या कम छैन। 

सरकारले प्रस्ताव गर्न लागेको मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ। माघे संक्रान्तिमा उक्त स्थानमा नुहाउने, परेवा तथा ध्वजापताका चढाउने प्रचलन छ। गौमुखी दर्शनका लागि स्थानीयले सानो मन्दिर निर्माण गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्युठान नगरपालिका-८ स्थित बाग्दुलाबाट-८ घन्टाको कच्ची बाटो छिचोलेपछि गौमुखी-२ मा पुग्न सकिन्छ। कच्ची बाटो पार गरेसँगै गौमुखी मन्दिरमा पुग्न उकालो बाटो सवा घन्टा चढ्नुपर्छ।

आन्तरिक पर्यटन तान्ने स्थानीयको चाहना
पत्रकार महासंघ प्युठान शाखा र स्थानीय निकायको अथक प्रयासपश्चात् मिडिया सम्मेलन संभव भएको हो। गौमुखीमा पर्यटकीय क्षेत्रको पहिचानका लागि गरिएको कार्यक्रममा सञ्चारमन्त्री प्रमुख अतिथि थिए। समयको चापले हतारमा रहेका बाँस्कोटा गौमुखीको दर्शन गर्न भने पुगेनन्। 

मिडिया सम्मेलनका लागि स्थानीयहरू मौलिक पहिचान सहितको भेषभुषामा सज्जिएका थिए। लोप हुँदै गएको तान, जाँतो, तथा स्थानीय संस्कृति प्रर्दशन गरे। ‘होम-स्टे’का लागि अभ्यासरत स्थानीयहरु पाहुना भित्र्याउन आतुर भएझैं अनुमान गर्न सकिन्थ्यो। 

एकल प्रयासले मात्रै पर्यटन विकासमा प्रगति गर्न नसकिने ठम्याइमा पुगेको स्थानीय निकायले मिडिया सम्मेलनमार्फत् सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। बृहत्तर विकासका लागि लुम्बिनी विकास कोष, गुल्मीस्थित रेसुङ्गा नगरपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकाले एकबद्ध हुने दृढता प्रर्दशन गरे। 

सञ्चारमन्त्री बाँस्कोटाले वार्षिक १६ लाख पर्यटन भित्र्याएको लुम्बिनीबाट गौमुखीमा एक प्रतिशत पर्यटक ल्याउन सके मात्र पनि गौमुखीको आर्थिक विकासमा टेवा पुग्ने बताए। 

भौगोलिक विकटता देख्दै/भोग्दै गौमुखी पुगेका सञ्चारमन्त्रीले स्थानीयको पीडा महसुस गरेको भन्दै सान्त्वना बाँडे। कार्यक्रम स्थलसँगै जोडिएको गौमुखी-१ भने सञ्चार सम्पर्कविहीन भएको एक महिना बढी भयो। 

सञ्चारमन्त्रीलाई जानकारी नभएर नै होला, त्यस बारेमा उनले कुनै शब्द बोलेनन्।

बाइसमूल झरना पुग्न नसकेका मन्त्रीले कार्यक्रमस्थलमै उक्त झरनाको फोटो कैद गरी उद्घाटन गरेका थिए।

काठमाडौंबाट पत्रकारिता गर्दै आएका प्युठानका  दीपक भण्डारी लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुङ्गाजस्ता धार्मिक क्षेत्रहरू जोडेर करिडोर स्थापना गर्न सहमति हुनु पनि सजिलो कुरा नभएको बताउँछन्। उनले भने, ‘जसरी हामLले यो सम्मेलन सम्पन्न गर्‍यौं, त्यसलाइ आगामी दिनमा फलदायी बनाउन धेरै चुनौतीको सामना पक्कै गर्नुपर्नेछ।’

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्