काठमाडौं– पाकिस्तान एसिसी यू–१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार मलेसियाको किनरारा ओभलमा भएको खेलमा बंगलादेशलाई २ रनको झिनो अन्तरको हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो।
२ सय ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९९ रन बनाएर खेलिरहँदा वर्षाले खेल अवरुद्ध बनेको थियो। वर्षा जारी रहेपछि पाकिस्तानलाई 'डिएल मेथड'का आधारमा २ रनले विजयी घोषणा गरिएको हो।
पाकिस्तानाका लागि मोहमद ताहाले ९२ रन जोडे। ताहाले ९७ बलमा ८ चौका र ३ छक्का हिर्काए। साद खानले नटआउट ३५ रन जोडे भने रोहाल नाजिरले २६ रनको योगदान दिए। बलिङतर्फ बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए।
त्यसअघि बंगलादेशले ६ विकेटको क्षतिमा २ सय ७४ रन जोडेको थियो। बंगलादेशका लागि पिनाक घोषले ८२, सइफ हुसेनले ६१ र अफिफ हुसेनले नटआउट ५२ रन जोडे। बलिङतर्फ पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिए।
अब पाकिस्तानले उपाधिका लागि नेपाल वा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुँदैछ।
यो पनि पढ्नोस्- यू–१९ एसिया कप : अफगानिस्तान विरुद्ध ६ वर्षपछि जितको खोजीमा नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।