काठमाडौं- गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा सोकेसमा राखिएका आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ताका लागि तोकिएको म्याद एक महिना थप गरिएको छ।
लगानी बोर्डको ३७औं बोर्ड बैठकले ती आयोजनामा विदेशी लगानीकर्ताले आवेदन दिने म्याद एक महिना थप गरेको छ। यसअघि अप्रिल २० सम्मका लागि आवेदनको समय तोकिएकोमा त्यसलाई बढाएर मे २० पुर्याईएको लगानी बोर्डले जानकारी दिएको छ।
लगानी सम्मेलन–२०७५ मा १५ वटा विभिन्न आयोजना र सहकार्यसम्बन्धी साझेदारीमा हस्ताक्षर भएको थियो।
सरकारले प्रोजेक्ट बैंक रूपमा तयार पारेर राखेका ७७ वटा आयोजनामध्ये तीन दर्जन आयोजनामा लगानीकर्ताले चासो देखाएर आवेदनसमेत दिएको लगानी बोर्डले जनाएको छ।
सरकारी क्षेत्रबाट ५० आयोजना र निजी क्षेत्रबाट २७ वटा आयोजना सोकेसमा राखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।