काठमाडौं– एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। अफगानिस्तानको युवा टिमलाई नेपालले ६ वर्षदेखि पराजित गर्न सकेको छैन।
शुक्रबार मलेसियाको किनरारा ओभलमा हुने खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्ने लक्ष्य लिएको छ। नेपालका प्रशिक्षक विनोद दासले समूह चरणको जस्तै खेल्ने बताए।
नेपाल लाइभलाई संक्षिप्त प्रतिक्रिया दिँदै दासले भने, 'हामीले अहिलेसम्म राम्रो खेलेका छौं। भोलि पनि त्यहीअनुरुप आफ्नो सक्दो प्रयास गर्नेछौं।'
दासले नेपाली टिममा परिवर्तन गर्ने वा नगर्नेबारे पिचको कन्डिसन हेरेर शुक्रबार बिहान मात्र निर्णय लिने बताए।
'भोलि बिहानको स्थिति हेरेर हामी टिमबारे निर्णय लिनेछौं', उनले भने।
यो पनि पढ्नोस्- यू–१९ एसिया कप : अफगानिस्तान विरुद्ध ६ वर्षपछि जितको खोजीमा नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।