काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ खेल्ने सबै ३२ टिमको टुंगो लागेको छ। बिहीबार विहान पेरुले विश्वकपमा स्थान पक्का गरेसँगै रसिया विश्वकप खेल्ने सबै टिमको टुंग्गो लागेको हो।
विश्वकपमा छानिएका टिमलाई आगामी मंसिर १५ मा ८ समूहमा विभाजन गरिनेछन्। प्रत्येक समूहमा ४–४ टिम हुनेछन्। छानिएका ३२ टिमलाई चार पोर्टमा विभाजन गरिनेछन्। प्रत्येक समूहमा चार पोर्टका १–१ टिम पर्नेछन्।
समूह विभाजन गत अक्टोबरको फिफा वरीयताका आधारमा गरिनेछ। शीर्ष वरीयताका टिम पोर्ट १ मा पर्नेछन्। अन्य पोर्टमा पनि वरीयताका आधारमा टिमलाई राखिनेछ। आयोजक रसियालाई भने पोर्ट १ मा राखिएको छ।
विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म रसियाका विभिन्न ११ शरहका १२ रंगशालामा खेल हुनेछन्।
विश्वकपमा छनोट भएका टिम :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।