लिमा – पेरु फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट भएको छ।
अन्तरमहादेशीय प्ले अफ अन्तर्गत बिहीबार भएको दोस्रो लेगमा न्युजिल्यान्डलाई २–० ले पराजित गर्दै पेरु विश्वकपमा छानिएको हो। यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
पेरुलाई विश्वकपमा छनोट गराउने क्रममा जफेर्सन फर्फानले २७ मिनेटमा गोल गरेका थिए। क्रिस्टियन रामोसले दोस्रो हाफमा अर्को गोल थपेपछि पेरु जिततर्फ लम्केको थियो।
पेरु छनोट भएसँगै विश्वकप खेल्ने सबै ३२ टिमको टुंगो लागेको छ।
विश्वकपमा छनोट भएका टिम :
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।