काठमाडाैं- नेपाल कानुन व्यवसायी परिषद्ले २ जना अधिवक्तालाई अनुशासनकाे कारबाही गरेकाे छ।
परिषद्अन्तर्गत गएकाे चैत २८ गते बसेकाे अनुशासन समितिकाे बैठकले पाँचथर जिल्ला अदालत बार इकाई सदस्य अधिवक्ता चन्दनराज रेग्मी र उच्च अदालत बार इकाई पाटनका सदस्य मनकुमार राईलाई अनुशासनकाे कारबाही गर्ने निर्णय गरेकाे परिषद्का सचिव रामहरि शर्मा काफ्लेले बताए।
सचिव काफ्लेका अनुसार रेग्मीलाई ६ महिनासम्म कानुन व्यवसाय गर्न नपाउनेगरी प्रमाणपत्र निलम्बन गरिएकाे छ। यता अधिवक्ता राईलाई भने नसिहतकाे सजाय दिने निर्णय गरिएकाे छ।
बारद्वारा जारी रेग्मीकाे प्रमाणपत्र नम्बर ३१२३ हाे भने राईकाे ८२५८ हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।