काठमाडौं- नेपाली सेनाले विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सफाइ अभियान थालेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताहअनुसार आइतबारबाट सुरु भएको सफाइमा सेनालाई विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले समेत साथ दिएका छन्।
सफाइ अभियानका लागि आवश्यक पर्ने सामानहरु हेलिकोप्टरबाट काठमाडाैंदेखि नाम्चेसम्म ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ।
खुम्बु क्षेत्रमा संकलित करिब एक हजार केजी फोहोर काठमाडाैं ल्याइएको र बाँकी एक हजार केजी फोहोरलाई उचित व्यवस्थापन गर्ने गरी ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको छ।
हिमाल सफाइ अभियानमा नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु उपलब्ध गराउने बताएकाे छ।
सफाइ अभियान जेठ १५ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।