काठमाडौं– काठमाडौंको बालाजु एरियाको साङ्ला भन्ने ठाउँमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सर्लाही घर भएका शिशिर अधिकारी रहेका छन्।
करेन्टबाट घाइते हुनेमा सर्लाही कै २१ वर्षीय विष्णु अधिकारी र सिन्धुली घर भएका २२ वर्षीय कैलाश मगर रहेको प्रहरीले जनाएको छ।
बिजुलीको पोल सार्ने क्रममा ११ हजार भोल्टेजको करेन्ट लागेर आज बिहान साढे ११ बजे दुर्घटनामा परेको थियो।
घाइते तिनै जनालाइ उपचारका लागि टिचिङ लाने क्रममा शिशिरको दिउँसो २ बजे मृत्यु भएको हो।
घाइते मध्ये विष्णुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।