काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का दुई केन्द्रीय सदस्य पक्राउ परेका छन्।
चन्द्र बहादुर खड्का ‘असल’ र चुडामणि ओली ‘आदर्श’लाई प्रहरीले दाङबाट पक्राउ गरेको हो। शुक्रबार पक्राउ परेको दुई नेतालाई दाङको कुन स्थानबाट नियन्त्रणमा लिएको भने खुलाइएको छैन।
सरकारले फागुन २८ मा उक्त पार्टीलाई प्रतिवन्ध लगाएसँगै नेता तथा कार्यकर्तालाई पक्राउलाई तिव्रता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।