काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) पब्जीमाथि लागेको प्रतिबन्ध खुल्यो, सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश।
२) खाडीदेखि अफ्रिकासम्म बेचिन्छन् नेपाली चेली, केन्याको डान्सबारमा १२ युवती, वास्तविक तथ्यांकभन्दा बेचिनेको संख्या धेरै।
३) बोस्टन म्याराथनमा सहभागी ३ चिनियाँ धावकमाथि आजीवन प्रतिबन्ध, नियम तोडेको आरोप।
४) र, क्यानडा ’हाउस पिक’ नाप्न गएका एक नेपाली सहित ३ पर्वतारोही हिमपहिरोमा बेपत्ता, सबैको मृत्यु भएको आशंका।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।