राजविराज– सप्तरीमा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-११, इनरुवाका करिब ६० वर्षीय विश्वनाथ यादवको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो।
विद्युत मिटरमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लाँदै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।