कास्की- हावाहुरीका कारण फेवातालमा अलपत्र परेका ३ जनाकाे सकुशल उद्धार गरिएकाे छ।
कास्कीको पोखरा महानगरापालिका-६, लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण सो तालमा 'बोटिङ' गरिरहेका ३ जना अलपत्र परेका थिए। उनीहरु सवार डुंगामा पानी पस्न गई अलपत्र परेका कास्कीका सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए।
घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपिएफ टोलीले उनीहरुको उद्वार गरेको हो।
एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज बस्ने ४० वर्षीय बोलबम चौरसिया, २८ वर्षीय पुन्दन चौरसिया र १२ वर्षीय भाषा चौरसियालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको टोलीले तत्कालै उद्वार गरी तालबाट बाहिर निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।