काठमाडाैं- सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन्। कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए।
नेपाल सरकार, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, स्विस विकास नियोगको गरी कूल ६८ मिलियन अमेरिकी डलर बजेटमा सञ्चालन हुने सो कार्यक्रमको अवधि ६ वर्षको रहेको छ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पुर्याउने चूनौतिको कामना गरेर अघि बढन सरोकारवाला सबै निकायलाई सचेत गराए। उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी सो कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए।
सरकारले यसअघि पनि कर्णाली प्रदेशका ती जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिसकेको छ। तर, सो कार्यक्रम लक्षित समूदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अबको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।